Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमर्यादित अभिव्यक्ति दिने सञ्चारमन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआईजीपीहरूको माग

अमर्यादित अभिव्यक्ति दिने सञ्चारमन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआईजीपीहरूको माग

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको संगठन ‘पूर्वप्रहरी संगठन प्रमुख मञ्च’ले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कारबाही गर्न माग गरेको छ ।

सञ्चारमन्त्री गुरुङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गुरुङमाथि कारबाही गर्न मञ्चले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

मञ्चले विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग क्षमायाचना गर्न आग्रह गरेको छ ।

आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन पनि विज्ञप्ति मार्फत सचेत गराएको छ ।

विज्ञप्तिमा भनिएको छ,'बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ । नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ।'

नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको विज्ञप्तिमाउल्लेख छ ।

सञ्चारमन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आइजिपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077