Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

काठमाडौंका एसएसपीले जिल्लाबासी सांसद जोगाउन खोजेपछि प्रधानमन्त्रीसमेत विवादमा

काठमाडौंका एसएसपीले जिल्लाबासी सांसद जोगाउन खोजेपछि प्रधानमन्त्रीसमेत विवादमा

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माविरुद्ध काठमाडौं महानगरपालिकाले दिएको जाहेरी प्रहरीमा अलपत्र परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विवादमा परेका छन् ।

बालबालिकाविरुद्धको कसुर मुद्दामा सांसद शर्मालाई जोगाउन लागेको भन्दै विगत तीन दिनदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीमाथि प्रहार गरिरहेका छन् ।

खासमा सांसद शर्मालाई जोगाउन काठमाडौंका एसएसपी बसन्त रजौरे समेत लागेको प्रहरी स्रोत बताउँछ । एसएसपी रजौरे र सांसद शर्मा एकै जिल्ला दाङका हुन् । शर्मालाई जोगाएर एमाले नेताहरूसँग निकट हुने र पद जोगाउने रणनीति उनको रहेको बताइन्छ ।

सांसद शर्माविरुद्ध गत ३० जेठमा नै महानगरपालिकाले बालबालिकाविरुद्धको कसुरमा जाहेरी दिएको हो । जाहेरी दर्तामै प्रहरीले ढिलाइ गरेको महानगरपालिकाका अधिकारी बताउँछन् ।

जाहेरी दर्ता भएपछि सांसद शर्माले उच्च अदालतमा प्रहरीविरुद्ध रिट दायर गरेकी थिइन् । सुरुमा धरपकड नगर्न भनेकोमा २३ साउनमा दाबी नपुग्ने फैसला भएको छ ।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गर्न सक्ने भए पनि सांसद शर्माको चलखेलका कारण प्रहरीले आँट गरेको छैन । प्रधानमन्त्री समेत रिसाउन सक्ने भन्दै प्रहरीले आँट नगरेको स्रोत बताउँछ ।

सांसद शर्माको घरबाट १४ जेठमा एक बालिकालाई महानगरको टोलीले उद्धार गरेको थियो । बालिकालाई सांसद शर्माले अमानवीय व्यवहार गरेर घरेलु काममा लगाएको खुलेपछि महानगरले जाहेरी दिएको हो ।

प्रहरीले भने अदालतबाट पक्राउ पूर्जी नआएको बताएको छ । तर, उच्च अदालतले उनको रिटमा दाबी नपुग्ने फैसला गरेपछि प्रहरीले पक्राउ पूर्जीका लागि प्रक्रिया नै अघि नबढाएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077