Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

टीकापुर क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टीकापुर क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले क्याम्पसका जुनियर असिस्टेन्ट देवराज वनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले जनाएको छ। देवराजले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा शुरु नियुक्ति लिएका थिए ।

त्यसपछि २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको प्रमाणपत्र पेश गरेका थिए ।

अख्तियारका अनुसार उनले झुट्टा प्रमाण–पत्र पेश गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि हुन आएको छ ।

उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको झुट्टा प्रमाणपत्र पेशगरी सरकारी सेवामा प्रवेश गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देवराजविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077