Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एक जना पक्राउ

सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एक जना पक्राउ

बुधवार , भाद्र १९, २०८१

चितवन । गृह मन्त्रालयको गलत सूचना बनाएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पुरानो सूचनालाई भदौ १९ गते बुधबारको सूचना बनाएर सार्वजनिक गरेको आशं‌कामा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

आज १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो ।

पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोप ती युवकमाथि छ ।

गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो ।

साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077