Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरी संगठनका भौतिक संरचनाहरूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्छ : आईजीपी कुँवर

प्रहरी संगठनका भौतिक संरचनाहरूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्छ : आईजीपी कुँवर

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले सम्पूर्ण नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवको उद्‍घाटन कार्यक्रममा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।

आईजीपी कुँवरले कानून कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा नेपाल प्रहरी नै रहेको उनले बताए ।

प्रहरीका अधिकांश भौतिक संरचनाहरूलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै लैजाने योजना बमोजिम भवन निर्माणका कार्यहरूलाई उच्च प्राथमिकतामा राखिएको आईजीपी कुँवरले बताए ।

नागरिकले व्यावसायिक प्रहरी सेवा प्राप्त गर्न पाउन् भन्ने मुख्य उद्देश्यका साथ नेपाल प्रहरीको पूर्वाधारहरू विकसित गर्दै लगिएको उनले बताए ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित कार्यालय भवनको गृहमन्त्री रमेश लेखकले उद्‍घाटन गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की, भिमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड २६ लाख ६५ हजार ३ सय ३६ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077