Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कतार पठाईदिन्छु भन्दै एक लाख ठगी गर्ने मगर पक्राउ

कतार पठाईदिन्छु भन्दै एक लाख ठगी गर्ने मगर पक्राउ

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल काठमाडौं महानगरपालिका-३ महाराजगन्ज बस्ने २८ वर्षीय सुवास आले मगर रहेका छन्।

उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै ठगी गर्ने गरेका थिए ।

मगरले पीडितसँग १ लाख रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखेका थिए ।

उनलाई विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077