Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ, झण्डै ३ लाख नगद बरामद

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ, झण्डै ३ लाख नगद बरामद

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । जिल्लाको टोखा नगरपालिका वडा नं. ९ स्थित शुभयात्रा गेष्टहाउसमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोंगवुबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमा टोखा निवासी ५० वर्षीय दीपक महर्जन, सिन्धुली निवासी सानु बाबु खड्का, सिन्धुपाल्चोक निवासी सिताराम बानिया, सिन्धुली निवासी दीप बहादुर तामाङ, रुपन्देही निवासी ओम थापा, धादिङ निवासी राजन लामा, सर्लाही निवासी लाल बहादुर ठाकुर, सिन्धुली निवासी कृष्ण बहादुर थापा र मकवानपुर निवासी राज कुमार लामा (गेष्टहाउस सञ्चालक) रहेका छन् ।

प्रहरीले उनीहरूबाट नेपाली रुपैयाँ दुई लाख ८२ हजार पाँच सय नगद, ६ बुक तास, र १२ थान मोवाइल बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुमाथि प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

यस घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगंजमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077