Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धनगढीमा प्लास्टिक प्रतिबन्ध भएको डीआईजी केसीले थाहा नपाएपछि...

धनगढीमा प्लास्टिक प्रतिबन्ध भएको डीआईजी केसीले थाहा नपाएपछि...

बुधवार , भाद्र १९, २०८१

कैलाली । कैलालीको धनगढीमा बिहीबार गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरीको पेट्रोल पम्प उद्घाटन गर्ने कार्यक्रम छ । सोही अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सो स्थल प्लास्टिकका पताङ्काले झकिझकाउ पारेको छ ।

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको प्रहरी कल्याणकारी कोष मार्फत सञ्चालन गरिको पेट्रोल पम्प प्लास्टिकबाट निर्मित पताङ्काले सजाइको हो ।

तर उपमहानगरपालिकाले प्लास्टिकमा प्रतिबन्ध लगाएको भएपनि नेपाल प्रहरीले अटेर गरेको पाइएको छ । धनगढीका सार्वजनिक स्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै आएको नगर प्रहरी समेत मूकदर्शक बनेको थियो ।

यता, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीले धनगढी उपमहानगर क्षेत्रमा प्लास्टिक प्रतिबन्ध गरिएको विषयमा जानकार नभएको बताए ।

उनले भने, 'गृह मन्त्री ज्यूको कार्यक्रम भएर सजाएका हौ। धनगढीमा प्लास्टिक प्रतिबन्ध हो र ?' तर अहिले भने प्लास्टिकका पताङ्का हटाइएको छ ।

गृह मन्त्री लेखकले बिहिवार दिउसो १२ः५ मा प्रहरी कल्याणकारी कोषबाट सञ्चालन गरिएको पेट्रोल पम्म उद्घाटन गर्ने कार्यक्रम रहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077