Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको अमेरिकाको आरोप

राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको अमेरिकाको आरोप

बिहिवार , भाद्र २०, २०८१

एजेन्सी । अमेरिकाले राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ। आरोपसँगै रुसी सरकारी सञ्चारमाध्यमका थुप्रै अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको हो।

रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठुलो मात्रामा अभियान चलाएको आरोप अमेरिकाले लगाएको छ।

महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रुसको राज्यद्वारा सञ्चालित मिडिया आरटीले टेनेसीको एक फर्मलाई ‘अमेरिकी दर्शकहरूका लागि रुसी सन्देशहरू उत्पादन गर्न र प्रसारण गर्न’ भनेर १ करोड अमेरिकी डलर प्रदान गरेको दाबी गरेका छन्।

गारल्याण्डका अनुसार मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बिचको चुनावमा ‘आफू अनुकूल नतिजा’ चाहन्छ। प्रतिबन्ध लगाइएका १० जना अधिकारीहरूमा आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि समावेश छ।

आरटीले भने आफ्नो संलग्नताको आरोप अस्वीकार गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले रुसको योजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077