Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संविधान दिवसमा एक हजार भन्दा बढी कैदीबन्दी छुट्ने (सूचीसहित)

संविधान दिवसमा एक हजार भन्दा बढी कैदीबन्दी छुट्ने (सूचीसहित)

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । संविधान दिवसको दिन छुट्ने कैदीबन्दीहरुको नाम सार्वजनि भएको छ ।

कारागार व्यवस्थापन विभागले एक हजार भन्दा बढी कैदीबन्दीहरुको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको हो।

कारागार व्यवस्थापन विभागले ५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन गरेको छ ।

सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिसविरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन विभागले जारी गरेको सूचनामा उल्लेख छ।

गणतन्त्र दिवसको दिन छुट्न सिफारिस भएका छ सय २० जना र संविधान दिवसको दिनका लागि चार सय ९२ जना गरी जम्मा एक हजार एक सय १२ जनालाई छाड्ने विभागको तयारी छ।

गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र दसैं-तिहारको बेलामा कैदीबन्दीहरू छाड्ने गरिएको छ।

मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस पठाइसकेपछि संविधान दिवसका दिन एकैपटक एक हजारभन्दा बढी कैदीबन्दीहरू छुट्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077