Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ४९ वर्षीय लक्ष्मणप्रसाद चौरसियालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

चौरसियासहित अन्य चार जनाले २०६४ वैशाख २५ गते राति पर्सा साविक बहुअर्वा गाविस ५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेका थिए ।

उक्त घटनापछि फरार रहेका चौरसियालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पर्सा वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।

साथै सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा लक्ष्मण प्रसादलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077