Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यूएईमा आममाफी कार्यक्रम, अवैध बसेका नेपालीले लाभ लिन सक्ने

यूएईमा आममाफी कार्यक्रम, अवैध बसेका नेपालीले लाभ लिन सक्ने

शुक्रवार , भाद्र २१, २०८१

एजेन्सी । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् ।

भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् ।

यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ ।

नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपले बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077