Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सेनाको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु

सेनाको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु

शुक्रवार , भाद्र २१, २०८१

एजेन्सी । म्यानमारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको छ ।

सेनाले शुक्रबार स्थानीय समयानुसार करिब राति एक बजे नम्हकम सहरका दुईवटा क्षेत्रमा बमबारी गरेको थियो।

आक्रमणमा ११ जनाको मृत्यु र अन्य ११ जना घाइते भएका छन् । आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ ।

नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गत वर्ष धेरै साताको लडाइँपछि टिएनएलएका लडाकूहरूले उक्त सहरलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइेत एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो । एउटा भिडियोमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077