Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने रेस्टुरेन्ट सञ्चालक पक्राउ

किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने रेस्टुरेन्ट सञ्चालक पक्राउ

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन्। उनीहरुले रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ब्यूरोका अनुसार उनीहरुले ग्राहकसँग एक हजारदेखि ५ हजार रुपैयाँसम्म लिएर किशोरीहरुलाई ५०० रुपैयाँ दिने गरेका थिए ।

ब्यूरोले रेस्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरु पनि बरामद भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077