Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माइतीघरमा धर्ना दिइरहेका आठजना अधिकारकर्मी पक्राउ

माइतीघरमा धर्ना दिइरहेका आठजना अधिकारकर्मी पक्राउ

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मीहरु पक्राउ परेका छन् ।

बाँकेको नेपालगञ्ज–१७ की कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना दिइरहेका रुबी खानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२०६२ मा निर्मलाका श्रीमान् महलु कुर्मीको मृत्यु भएको थियो । त्यस्तै २०७५ मा निर्मलालाई बेपत्ता पारियो । सीमापारि भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको भनिए पनि उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

यस घटनामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मी संलग्न रहेको आरोप लागेको छ । उनी अहिले लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077