Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दुई नाल भरुवा बन्दुकसहित अछामबाट दुईजना पक्राउ, गोली र बारुद पनि बरामद

दुई नाल भरुवा बन्दुकसहित अछामबाट दुईजना पक्राउ, गोली र बारुद पनि बरामद

शनिवार , भाद्र २२, २०८१

अछाम । अछाममा भरुवा बन्दुकसहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की रहेका छन् ।

इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ३ः४५ बजे प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूको घर र खेतमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा नन्दराम साउँदले आफ्नो घर नजिकैको बारीमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक, सिसाका १३ वटा गोली र बारुद फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, चिन कार्कीको घरको सुत्ने कोठामा लुकाएर राखेको अर्को एक नाले भरुवा बन्दुक, सिसाका ९ वटा गोली र बारुद पनि प्रहरीले बरामद गरेको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077