Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा

अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा

शनिवार , भाद्र २२, २०८१

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो ।

तर पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077