Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अत्तरियाबाट धनगढी आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरियाबाट धनगढी आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शनिवार , भाद्र २२, २०८१

धनगढी । कैलालीको अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँई बस्ने संजय चौधरी रहेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकल पल्टिँँदा चालक गम्भिर घाइते भएका थिए । उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077