Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कैलालीका एसपी बिष्टले गरे मातहतका कार्यालयको निरीक्षण, कसैको दबाब र प्रभावमा नपर्न उर्दी !

कैलालीका एसपी बिष्टले गरे मातहतका कार्यालयको निरीक्षण, कसैको दबाब र प्रभावमा नपर्न उर्दी !

शनिवार , भाद्र २२, २०८१

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टले इलाका प्रहरी कार्यालयहरुको निरीक्षण गरेका छन् ।

एसपी बिष्टले टीकापुरमा रहेको प्रहरी चौकी सत्तीसहितका केही कार्यालयहरुको निरीक्षण गरेका हुन् ।

एसपी बिष्टले इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरको निरीक्षण गर्दै कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिए ।

प्रहरी चौकी र इलाका प्रहरी कार्यालय निरीक्षण गर्दै एसपी बिष्टले लागूऔषध दुर्व्यशनी, चोरी तस्करी नियन्त्रण तथा अन्य सामाजिक अपराध नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए।

उनले कसैको दबाब र प्रभावमा नपर्न आग्रह गर्दै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न समेत प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिए ।

थोरै जनशक्तिमा धेरै र राम्रो काम गरेर परिणाम देखाउनुपर्ने चुनौती हामीलाई रहेको एसपी बिष्टको भनाई छ । चोरी, तस्करी नियन्त्रण र अन्य अपराधिक गतिविधी नियन्त्रण गर्ने प्रहरीको मुख्य दायित्व रहेको बताए।

एसपी बिष्टले चोरी, तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न खरो रुपमा काम गर्न समेत निर्देशन दिए।

एसपी बिष्टले आफ्नो क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूती गराउदै राम्रो काम गर्ने कुरामा आदेश नपर्खिन सुझाव पनि प्रहरीलाई दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077