Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लुटपाटमा संलग्न सातजना पक्राउ

लुटपाटमा संलग्न सातजना पक्राउ

शनिवार , भाद्र २२, २०८१

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतंकित पारी लुटपाट गर्ने सातजनाको समूहलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

झापाको बाह्रदशी गाउँपालिका–३, राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख रुपैयाँ लुटपाट गरी उनीहरू फरार भएका थिए । पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए ।

प्रहरीका अनुसार, सुनसरीकै रामधुनी नगरपालिका–३ का २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका छन् । यस्तै, इटहरी–४ का २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनील बस्नेत र १८ वर्षीय निश्चल बस्नेत, इटहरी–७ का १८ वर्षीय साकार भण्डारी र इटहरी–१६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन् ।

उनीहरूका साथबाट तीन लाख २५५ रुपैयाँ नगदसहित चक्कु, मोबाइल बरामद गरिएको उनले बताए ।

पक्राउ परेका सातैजनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077