Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनको समस्या भयावह : डीआईजी खापुङ

कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनको समस्या भयावह : डीआईजी खापुङ

शनिवार , भाद्र २२, २०८१

झापा । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले कोशीमा लागूपदार्थ दुर्व्यसनको समस्या भयावह अवस्थामा रहेको बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका-१ शुक्रबारेमा शनिबार आयोजित दुर्व्यसनीविरुद्धको एक सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै खापुङले यस्तो बताएका हुन् ।

उनले झापा, मोरङ, सुनसरी, इलाम लगायतका सीमावर्ती जिल्लाहरुमा लागूपदार्थको समस्या भयावह बन्दै गएको बताए ।

उनले ती जिल्लाहरुमा प्रत्येक दिन दर्जनौँ लागूपदार्थ सेवनकर्ता र कारोबारीहरु पक्राउ गरिएपनि समस्या झन् बिकराल बनेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077