Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दुईजना युवकमाथि धारिलो हतियार प्रहार, चारवटा ट्याकंर तोडफोड !

दुईजना युवकमाथि धारिलो हतियार प्रहार, चारवटा ट्याकंर तोडफोड !

आइतवार , भाद्र २३, २०८१

कैलाली । कैलालीमा दुईजना युवकमाथि धारिलो हतियार प्रहार भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २, रोड हाउस क्याफे नजिक पार्किङ गरिएको ट्याङ्करमा ढुङ्गासँगै चालक र सहचालकमाथि हमला भएको हो ।

गएराति करिब ११ः२० बजे दुई मोटरसाइकलमा आएका व्यक्तिहरुले धारिलो हतियार प्रयोग गर्दै ना ६ ख ९४०६ नम्बरका ट्याङ्कर चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हरेन्द्र देउवाको दाहिने हातको नाडी र बायाँ खुट्टामा चोट लागेको छ भने अनिल देउवाको बायाँ हात र नाडीमा चोट लागेको छ । उनीहरूको उपचार माया मेट्रो अस्पताल, धनगढीमा भइरहेको छ, र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पार्किङ गरिएका ट्याङ्करहरूमा पनि ढुङ्गा प्रहार गरी सिसामा क्षति पुर्‍याइएको छ । प्रभावित ट्याङ्करहरूमा ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५, र ना ६ ख ९४०६ नम्बरका ट्याङ्करहरू रहेका छन् ।

घटनाबारे सूचना प्राप्त हुनासाथ त्रीनगर प्रहरी चौकीबाट प्रहरी निरीक्षक शैलेन्द्र बहादुर चन्दको कमाण्डमा पाँच जनाको प्रहरी टोली खटाइएको थियो ।

घटनामा संलग्न मोटरसाइकल र आक्रमणकारीहरू फरार रहेका छन् र प्रहरीले उनीहरूको खोजतलास जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077