Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हंगेरीको पोस्टमा जर्मनीले हान्यो झण्डै आधा दर्जन गोल

हंगेरीको पोस्टमा जर्मनीले हान्यो झण्डै आधा दर्जन गोल

आइतवार , भाद्र २३, २०८१

एजेन्सी । हंगेरीको पोस्टमा जर्मनीले झण्डै आधा दर्जन गोल हानेको छ ।

यूईएफए नेसन्स लिग फूटबलअन्तर्गत शनिवार राति डुसेल्डोफमा भएको खेलमा घरेलु टोली जर्मनीले हंगेरीमाथि ५ गोलको वर्षा गरेको हो ।

यससँगै जारी प्रतियोगिताको पहिलो खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको फराकिलो जीत दर्ता गरेको छ । जर्मनीको जितमा निकलास फुलक्रुक, जमाल मुसियला, फ्लोरियन विर्टज, अलेक्सान्डर पाब्लोभिच र काई हाभर्ट्जले गोल गरे ।

हाभर्ट्जले पेनाल्टीमा गोल गरेका हुन् । यससँगै लिग ‘ए’को समूह ३ मा रहेको जर्मनीले महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा नेदरल्यान्ड्स समान अंकसहित गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077