Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । इंग्लिस अलराउण्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन्।

इंग्ल्यान्डका ओडीआई तथा टी–२० विश्वकप विजेता अलीले आज सन्न्यास लिएका हुन् ।

इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए।

अर्को हप्तादेखि इंग्ल्यान्डले घरेलु मैदानमा अष्ट्रेलियासँग तीन टी२० आई र पाँच ओडीआई सिरिज खेल्दैछ ।

इंग्ल्यान्डले अष्ट्रेलिया सिरिजलाई २३ वर्षीय स्पिन अलराउन्डर ड्यान मोस्लीलाई मौका दिएको छ ।

सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनले ६८ टेस्ट, १३८ ओडीआई र ९२ टी-२० आई खेल खेलेका छन्।

तीनै संरचना क्रिकेटमा उनले ८ शतक, २८ अर्धशतक, ६६७८ रन र ३६६ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077