Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जबरजस्ती करणी गरेको आरोपमा दाङबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दाङबाट एक जना पक्राउ

आइतवार , भाद्र २३, २०८१

दाङ । दाङ प्रहरीले ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्की रहेका छन्।

सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

उक्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077