Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । प्रहरीले सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बसुन्धारा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका-५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार एक महिलाको शव भेटिएको थियो । मृत भेटीएकी महिला सिराहाकी राम दुलारी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक महिलाको शव फेला परेपछि प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

यद्यपि, हालसम्म उनका आफन्त भने सम्पर्कमा आएका छैनन् । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077