Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले छाडे देश

भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले छाडे देश

आइतवार , भाद्र २३, २०८१

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले स्पेनमा शरण लिन देश छोडेका छन् ।

भेनेजुएला सरकारले राष्ट्रपति पदका उम्मेदवार विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेको र स्पेनमा राजनीतिक शरण मागेको जनाएको हो।

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसयता उनी लुकेर बसेका थिए।

राष्ट्रपति चुनावको नतिजामा सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको छ।

एडमन्डो गोन्जालेजले केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि स्पेनी सरकारलाई राजनीतिक शरण दिन आग्रह गरेका थिए।

अनि उनले सरकारले आफ्नो सुरक्षित निकासीका लागि राजी भएको र आफू देश छाडेर गएको पनि बताए।

स्पेनका विदेशमन्त्री म्यानुएल अल्बेरेसले एडमन्डो गोन्जालेजले भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको बताएका छन्।

भेनेजुएलामा चुनावी नतिजा आएपछि राजनीतिक उथलपुथल भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077