Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : अर्थमन्त्री र गभर्नरसँग संसदीय समितिले गर्र्‍यो छलफल

सहकारी ठगी प्रकरण : अर्थमन्त्री र गभर्नरसँग संसदीय समितिले गर्र्‍यो छलफल

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गरेको छ ।

समितिले आज सिंहदरबारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो ।

उनीहरुसँगको छलफलमा योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको पनि सहभागिता रहेको थियो ।

यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।

सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077