Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नागरिकले भरोसा गर्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर

नागरिकले भरोसा गर्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले इमानदारीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीतिलाई केन्द्रबिन्दुमा राखेर नागरिक सेवा गर्नुपर्ने बताएका छन्।

हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई निर्देशन दिँदै आईजीपी कुँवरले यस्तो बताएका हुन्।

उनले नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताए।

आईजीपी कुँवरले सांगठनिक शुद्धीकरण र सुदृढीकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउन निर्देशन दिए।

उनले ऊर्जाशील एवं सृजनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077