Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेस सांसद धनबहादुर केसी कारागार चलान

कांग्रेस सांसद धनबहादुर केसी कारागार चलान

आइतवार , भाद्र २३, २०८१

बुटवल । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) अदालतमा पुगेर आत्मसर्मपण गरेका छन्।

नेपाली कांग्रेसबाट सांसद बनेका केसीले रुकुम जिल्ला अदालत पुगेर आज आत्मसमर्पण गरेका हुन्।

सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन्।

प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको हो ।

गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077