Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लुटपाट आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ

लुटपाट आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । दुबईबाट फर्किएकी महिलालाई लुटपाट गरेको आरोपमा प्रहरीले प्रहरी जवानसहित तीन जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बूढानिलीकण्ठ बस्ने मनोज भुजेल, बौद्ध बस्ने प्रकाश भन्ने विकास श्रेष्ठ र महाराजगंज बस्ने डम्बरलाल पाध्याय छन् ।

उपाध्याय नेपाल प्रहरीका प्रहरी जवान हुन्। उनी महाराजगन्जमा कार्यरत थिए।

उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै मोटरसाइकलमा पिछा गरेर ललितपुरस्थित कृषि अनुसन्धान केन्द्र नजिकै लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

लुटपाटमा संलग्न चार जनामध्ये एक जना भने फरार छन् । लुटिएकी चलाउनेले दुबईबाट मणिकुमार राईको सामान ललितपुर ल्याएइदिएकी थिइन् ।

​ लुटेरा समूहले दुई वटा आइफोन, दुई वटा सामसुङ मोबाइल, एप्पलको ल्यापटप, गेम बक्स र चार तोला बराबरको दुई वटा सुनको सिक्री लुटपाट गरेका थिए ।

साउन २९ मा आरोपीहरूले आईफोन–१४ दुई वटा, सामसुङ अल्ट्रा–२४ मोबाइल दुईवटा, एपल कम्पनीको ल्यापटप एउटा र गेम बक्स लुटेको जनाइएको छ ।

विदेशबाट मणि कुमार राईले मगाएको ४ तोला बराबरको दुईथान सिक्री पनि उनीहरूले लुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077