Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरुवामा अत्याधिक चलखेलपछि नेता भेट्न प्रहरीलाई रोक, आईजीपीले दिए चेतावनी

सरुवामा अत्याधिक चलखेलपछि नेता भेट्न प्रहरीलाई रोक, आईजीपीले दिए चेतावनी

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । सरुवा–बढुवामा अत्याधिक चलखेलपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी अधिकारीलाई नेता भेट्न रोक लगाएका छन् । अफिसियल काम बाहेकको अवस्थामा नेतालाई भेटे विभागीय कारबाही हुने भन्दै प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ ।

हाल डीएसपी र एसपीहरुले सरुवामा आईजीपी कुँवरमामाथि अत्यधिक दबाब दिइरहेका छन् । कतिसम्म भने गृहमन्त्री निकटका व्यक्तिलाई भेटेर सरुवा मापदण्ड नै संशोधनका लागि समेत दबाब दिएका छन् ।

पहिला ‘क’ वर्गको कार्यालयमा बसेकाहरु सरुवा मापदण्ड नै संशोधन गराएर फेरि ‘क’ वर्गमै जानका लागि आर्थिक चलखेल गरिरहेको सूचना प्रहरी महानिरीक्षकको सचिवालयले पाएको छ।

त्यसप्रति महानिरीक्षक कुँवर रुष्ट बनेका छन् । सोही कारण उनले परिपत्र गरेको उल्लेख छ । परिपत्रमा समेत संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गर्न खोजेको उल्लेख छ ।

परिपत्रिमा भनिएको छ ,‘विभागीय नीतिनियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

अत्यधिक चलखेलका कारण प्रहरीको एसपी र डीएसपी सरुवा रोकिएको छ । भदौको पहिलो साता प्रहरी प्रधान कार्यालयले सरुवाको तयारी गरेपनि अहिलेसम्म हुन सकेको छैन । इन्सपेक्टर सरुवामा पनि नेताकै सिफारिसका आधारमा धेरैले इन्चार्ज पाएका छन् ।

एसपी र डीएसपी सरुवामा समेत आर्थिक चलखेल समेत भइरहेको प्रहरी स्रोत बताउँछ । सबै जसो कार्यालयमा उच्च तहबाट सिफारिस आएपछि प्रहरी महानिरीक्षकले सरुवा गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077