Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको संख्या ५८ पुग्यो

रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको संख्या ५८ पुग्यो

आइतवार , भाद्र २३, २०८१

एजेन्सी । गएको साता पोल्टावा सहरमा गरिएको ठूलो रुसी मिसाइल आक्रमणमा घाइते भएका थप तीनजनाको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ५८ पुगेको युक्रेनले आइतबार जनाएको छ । सेन्ट्रल सिटीमा सेप्टेम्बर ३ मा गरिएको आक्रमण पछिल्ला केही महिनामा सबैभन्दा घातक रुसी हमला थियो ।

उक्त आक्रमणमा सैन्य शिक्षा संस्थानलाई लक्षित गरिएको थियो । युक्रेनी अधिकारीहरूले मृतकमा कति सैनिक वा नागरिक थिए भन्ने बताएका छैनन् ।

पोल्टावाका गभर्नर फिलिप प्रोनिनले टेलिग्राम पोस्टमा भनेका छन्, “दुःखको कुरा, सेप्टेम्बर ३ मा पोल्टावामा भएको रुसी आक्रमणमा घाइते भएका थप तीनजनाको अस्पतालमा मृत्यु भएको छ । मृतकको संख्या बढेर ५८ पुगेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077