Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

डीभी प्रक्रियामा नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा चारजना पक्राउ

डीभी प्रक्रियामा नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा चारजना पक्राउ

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । ईडीभी प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ की ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी स्थायी घर भएर ललितपुरको टीकाथली बस्दै आएका २८ वर्षीय अनिलकुमार महतो, झापाको अर्जुनधारा घर भएर हाल ललितपुरकै इमाडोल बस्दै आएका ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभाको खाँदबारी–९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४३ वर्षीय सुवास ढकाल छन् ।

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नेपालस्थित दूतावास नजिकैबाट पक्राउ गरेको हो ।

भिसा प्रयोजनका लागि एसएलसी र कक्षा ११ र १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077