Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेपाली सेनाको ४५औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कामान्ड सम्हाल्दै छन् ।

उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्न लागेका हुन् ।

त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए।

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077