Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पल्सर स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आज कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको हो।

विस २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शन र नतिजालाई आधार मानेर मनोनयन गरिएको छ । चारवटै विधामा उत्कृष्ट पाँच /पाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराँते) र सुवास तामाङ (गल्फ) परेका छन्।

यस्तै महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराँते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन् ।

युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) परेका छन् ।

मनोनयनमा परेका पाँच जनामध्यबाट अवार्डकै दिन विजेता घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077