Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इजरायली सेनाको आक्रमणबाट सिरियामा १४ जनाको मृत्यु

इजरायली सेनाको आक्रमणबाट सिरियामा १४ जनाको मृत्यु

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । इजरायली सेनाले सिरियाको हामा प्रान्तको मस्याफ सहरमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

आक्रमणमा ४३ जना घाइते भएका छन् । मस्याफ आसपासका विभिन्न स्थानमा इजरायलले आइतबार राति आक्रमण गरेको हो । यसअघि घटनामा पाँच जनाको ज्यान गएको र १९ जना घाइते भएका जनाइएको छ।

इजरायली सेनाले शनिबार राति ११ बजेर २० मिनेटमा उत्तरपश्चिमी क्षेत्रमा विभिन्न सैन्य अखडालाई लक्षित गरी हवाई आक्रण गरेको छ।

आक्रमणबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । इजरायलले पछिल्लो समय छिमेकी देशमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहविरुद्ध कारबाही तीव्र पार्दै गएको छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको थियो।

त्यसयता इजरायलले गाजामा गरेका आक्रमणमा करिब ४१ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ । गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा अधिकांश महिला र बालबालिका छन्।

इजरायलले पछिल्लो समय लेबनान र यमनमा रहेको विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ ।

केही समयअघि लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजबुल्लाह समूहका सैन्य शाखा कमाण्डर मारिएका थिए।

त्यस्तै इरानमा मारिएका हमास नेता इस्माइल हानियाको मृत्युका लागि इजरायलको जिम्मेबार रहेको इरान र हमासले दाबी गर्दै आएका छन् ।

यद्यपि, हानियाको हत्यामा आफ्नो संलग्नताबारे भने इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077