Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओमान र क्यानडासँग खेल्न नेपाली टोली घोषणा, को-को परे ? [नामसहित]

ओमान र क्यानडासँग खेल्न नेपाली टोली घोषणा, को-को परे ? [नामसहित]

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो हो । जसमा एक खेलाडी रिजर्भमा रहने क्यानले जनाएको छ ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

देव खनाललाई रिजर्भमा राखिएको छ । नेपालले भदौ ३१ गतेदेखि आईसीसी लिग-२ को खेल खेल्दैछ । क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077