Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड दुईतर्फी सञ्चालनमा

अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड दुईतर्फी सञ्चालनमा

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहितको पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएराति देखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्ध हुँदा काठमाण्डौबाट छुटेका तथा भित्रिदै गरेकासाना ठूला सयौँ गाडी र यात्रु रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077