Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सको सहज जित

नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सको सहज जित

मंगलवार , भाद्र २५, २०८१

एजेन्सी । युईएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियममाथि सहज जित निकालेको छ ।

स्टेडियममा डिडियर डेसच्याम्प्सको घरेलु टोलीले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे ।

कप्तान केलियन एमबाप्पेलाई दोस्रो हाफको मध्य तिर मैदानमा पठाइएको थियो। उनले दुई पटक राम्रो मौका पाए पनि गोल गर्न सकेनन्।

जितसँगै ३ अंक जोडेको फ्रान्स लिग ए समूह २ को दोस्रो स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा इजरायललाई ३–१ ले पराजित गरेको बेल्जियम ३ अंक सहित तेस्रो स्थानमा छ। लिग ए समूह २ मा रहेको फ्रान्स पहिलो खेलमा इटलीसँग ३–१ ले पराजित भएको थियो । ​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077