Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो।

नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ। क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ।

लिग-२ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ।

२९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपाल लिग-२ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077