Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट कोचमा जगत टमाटा नियुक्त

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट कोचमा जगत टमाटा नियुक्त

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडा र अमेरिकामा हुने लिग २ को सिरिजका लागि जगत टमाटा कन्सल्टेन्ट कोच नियुक्त गरेको छ।

क्यानले टमाटालाई यो टूरका लागि कन्सल्टेन्ट कोच नियक्त गरेको हो। दीर्घकालीन रुपमा सहायक प्रशिक्षकबारे पनि छलफल भइरेहेको क्यानले जनाएको छ ।

लिग २ अन्तर्गत क्यानडा भ्रमणमा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ ।

लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077