Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमालेका सांसदले मागे उपसभामुख रानाको राजीनामा

एमालेका सांसदले मागे उपसभामुख रानाको राजीनामा

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले उपसभामुख इन्दिरा राना मगरको राजिनामा मागेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्यप्रसाद ढकालले उपसभामुख रानाको राजिनामा मागेका हुन्।

उनले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे ।

यस अगाडि सांसदहरुले उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएको प्रश्न संसद बैठकमै उठाएका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध मानव तस्करी गर्न सघाएको भन्दै उजुरी परेको छ।

यस अगाडि पनि उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077