Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्यालेस्टिनी क्षेत्रमा इजरायली हमलाः ४० जनाको मृत्यु, ६० घाइते

प्यालेस्टिनी क्षेत्रमा इजरायली हमलाः ४० जनाको मृत्यु, ६० घाइते

मंगलवार , भाद्र २५, २०८१

एजेन्सी । प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानव बस्तीमा मङ्लबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

उक्त क्षेत्रमा भएको हमास कमान्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।

अन्य क्षेत्रमा आक्रमणपछि गाजाको दक्षिणी शहर खान युनिसको अल–मवासीमा दशौं हजार विस्थापित प्यालेस्टिनीले शरण लिएका थिए ।

यद्यपि, इजरायली सेनाले यस क्षेत्र वरपर पनि अपरेसन जारी गरेको छ ।  जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघाइरले आक्रमणमा मृत्यु तथा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077