Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा आर्मीले हान्यो १४ गोल

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा आर्मीले हान्यो १४ गोल

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको निराशाजनक प्रदर्शनले जारी छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेश त्रिभुवन आर्मी क्लबसँग १४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

आर्मीका लागि दिपा शाहीले एक्लैले पाँच गोल गरिन्। त्यस्तै अनिता लम्जेलले दुई गोल गर्दा बिमला चौधरी, हिमा चौधरी, शान्ति बिक, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्री देवी मगरले १–१ गोल गरिन् ।

सुदूरपश्चिमका लागि निलम सिंह एकमात्र गोल गरिन् । सुदूरपश्चिमले पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ को फराकिलो हाल व्यहोरेको थियो भने अर्को खेलमा पुलिस क्लबसँग ९–० को अन्तरले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077