Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रुसलाई मिसाइल सहयोग गरेपछि जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

रुसलाई मिसाइल सहयोग गरेपछि जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

बुधवार , भाद्र २६, २०८१

एजेन्सी । जर्मनी, फ्रान्स र बेलायतले मंगलबार युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै निन्दा गरेका छन् । हवाई यातायातलाई लक्षित गर्ने नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

“हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ,” तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन्, “इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले यसअघि लन्डनको भ्रमणमा रुसलाई ब्यालेस्टिक मिसाइलको खेप प्राप्त भएको र ‘सम्भवतः केही साताभित्र युक्रेनमा तिनीहरूको प्रयोग गरिने’ बताएका थिए ।

लन्डन, पेरिस र बर्लिनले ‘इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण चेतावनी’का बाबजुद यदि उसले मिसाइल पठाएको छ भने ‘इरानले यी हतियार स्थानान्तरण गरेको पुष्टि भएको छ’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077