Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपसभामुख र धनराजबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

उपसभामुख र धनराजबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठक बुधबार बिहान साढे ८ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे छलफल हुनेछ ।

त्यस्तै सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने कार्यसूची छ।

उपसभामुखलाई हटाउने विषयमा सत्ता गठबन्धनको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले संसदबाटै उपसभामुख रानामगरलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077