Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मैले चुनाव जिते रुस–युक्रेन युद्ध रोक्छु : डोनाल्ड ट्रम्प

मैले चुनाव जिते रुस–युक्रेन युद्ध रोक्छु : डोनाल्ड ट्रम्प

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध रोक्न दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति पदको उम्मेदवार रहेका ट्रम्पले उनकी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको डिवेटमा यस्तो दाबी गरेका हुन् । ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस–युक्रेनमा युद्ध नै नहुने बताए ।

ह्यारिसले भने ट्रम्प राष्ट्रपति भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी किभमा बसिरहेको हुने थिए भन्दै टिप्पणी गरिन् ।

ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचन भएमा रुस र युक्रेनसँग वार्ता गराई कार्यभार सम्हाल्नुअघि नै युद्ध रोक्नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077