Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कोलम्बियासँग अर्जेन्टिना पराजित

कोलम्बियासँग अर्जेन्टिना पराजित

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ । ‌

बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २-१ गोलले पराजित गरेको हो ।

कोलम्बियाको जितमा मास्क्योरा र रोड्रिग्वेजले गोल गरे । अर्जेन्टिनाका गोन्जालेजले एक गोल फर्काए ।

खेलमा अर्जेन्टिनाका नियमित कप्तान लिओनल मेसी अनुपस्थित थिए । अंक तालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ।

उसको आठ खेलबाट १८ अंक छ । अर्जेन्टिना आठमध्ये दोस्रो खेलमा पराजित भएको हो।

कोलम्बिया आठ खेलबाट १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077