Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

निर्वाचनअघि ह्यारिस र ट्रम्पबीच पहिलो प्रत्यक्ष राष्ट्रपतीय बहस

निर्वाचनअघि ह्यारिस र ट्रम्पबीच पहिलो प्रत्यक्ष राष्ट्रपतीय बहस

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । अमेरिकामा यसै वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक आमनेसामने बहस भएको छ ।

उनीहरुबीच नेपाली समयअनुसार आज बिहान साढे ६ बजेतिर सुरु भएको हो । सो बहस बिहान ८ बजेसम्म चलेको थियो ।

‘एबीसी न्युज प्रेसिडेन्सियल बहस लगभग ९० मिनेटको हो । संयमितरूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएका थिए। त्यस क्रममा ट्रम्प बढ्ता आक्रोशित देखिएका थिए।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको उक्त बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए।

प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिको तथ्य जाँच गरिरहँदा उनले आफ्नो बचाउमा निकै समय खर्चिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077